मेरो स्वतन्त्र बिचारमा-

विवादित अध्यादेश आएको सबैलाई थाहैछ र आज फिर्ता पनि भयो ! मीडिया पनि अचम्मको छ जाहाँ फुर्सदिलो नेपाल ब्यस्त छ, यो एस्तो त्यो उस्तो भन्न मा ! एउटा समर्थक माथि अरु बाँकी सरकार बिरोधि समर्थक आइलाग्ने त नेपालको पुरानो परम्परा हो ! प्र.म ओलीले पनि बिचार गरेका होलान, यो २-४ दिनको रमिता हो ! तर यती बीच तीन दिन के के भयो कसैलाई वास्तै छैन ! की साँच्ची, थाहा दिनै खोजेनन प्र.म ओली ले ? फोहोरी राजनीतिबाट आजीत नेपाली जनतालाई यो सङ्कटका बेला राजनीतिक मुद्धा उठाएको रुचाउदैनन भन्ने सामान्य हेक्का नभएको त हैन होला ? के प्र.म चुकेकै हुन् ?

प्रम ओलीको षड्यन्त्र की, अरु कोहि छन् पर्दा पछाडी ?

– त्यो दिन पार्टीका अरु नेता मौन थिए, मतलब मौन समर्थन! राष्ट्रपति अनि तेत्रा मन्त्रीले अध्यादेश मानेकै हुन ! मौन रहेका बामदेव गौतमलाई ओलीले बोलाएकै हुन ! तर केपी ओलीले अहिले आएर आफ्नै पार्टीकाले मानेनन भन्दिनु भएछ !

– यदि यो एक्कासि भएको भए, बाबुराम र राजपा को तयारी कहिलेदेखिको ? केपी ओलीले त्यो अध्यादेश ल्याउने सुइँको त कसैलाई थिएन होला ? बाबुराम रातारात किन हतारिए ? पार्टी जुटाउने र फुटाउने त्यति सजिलो रैछ है ? नाम र चिन्ह भए हुने , कुनै एकधार सिद्दान्त नचाहिने !

– रेणु यादव पनि फुटको तैयारी मै हनु हुँदो रैछ! कस्तो मिल्दो तैयारी ! सांसद सुरेन्द्र यादव प्रकरण यही बेला ! सुरेन्द्र यादव पार्टी बिभाजन मिलाउन काठमान्डौ आउनै पर्ने हतार फेरी ? प्रकरणमा अरु सबै बोले, अनि रेणु यादव ?

– बाबुराम जी समाजबादीलाई हानेको ढुङ्गा आँफैतीर फर्कियो भन्नु हुन्छ ! समाजबादी पार्टी त्यसै सानो थियो, बिपक्षीमा थियो ,किन ढुङ्गा हान्न पर्थ्यो र ?

– उता बिमलेन्द्र निधि र कमल थापा लगायत बाबुरामलाई बधाई दिनेको घुइँचो फेरी ! मेरो पनि जनता समाजबादी पार्टी (३४ ) लाई शुभकामना ! जे भए पनि अब जम्मा तीनवटा ठुला माछा भए ! देशलाई त फाइदै होला ! हल्का थोरै झगडा !

कमजोर नेतृत्व अथवा, हुनै पर्ने तीन दिने राजनीतिक परिवर्तन ?

भर्खर राजनीति सुरु गर्नेले नि यो गल्ती भने गर्दैन, ओली त खेलाड़ी होलान ? फोहोरी राजनीतिबाट आजीत नेपाली जनतालाई यो सङ्कटका बेला राजनीतिक मुद्धा उठाएको रुचाउदैनन भन्ने सामान्य हेक्का नभएको त हैन होला ? अझै राष्ट्रपति, अनि तेत्रा मन्त्री एकैपटक चिप्लिनन होला ? की सरकारको कोरोना नियन्त्रणमा आएका आलोचनाहरुको चापमा गलत निर्णय लिन पुगे ? के देशको नेतृत्व त्यति कमजोर छ ? कि त आसेपासेले कुनै पार्टीको फुटको गलत गुप्त सूचना दिए , कोही नजिकको मान्छे नराम्रोसँग बिक्यो ! ओलीराज सिध्याउने ठूलै योजना रचियो ! अब देउवा सँगको कुराकानी के हुन्छ ? मौन मध्येका एक देउवा पनि हुन ! २.५ / २.५ बर्ष प्रधानमन्त्री पद सम्हाल्ने सहमति हुँदा हुँदै पनि, प्रचण्ड अझै मौन हुनु हुन्छ भन्न सकिन्छ !

Nepal politics

सबै हेर्दा ओली मात्र राजनीति केन्द्रित देखिदैनन ! वास्तबमा भन्ने हो भने, पुरानो फोहोर राजनीतिका अनुभबीहरुलाई, देशमा अरु केहि समस्या आउँदा मौन बस्ने र सरकारलाई एक्लो छोड्दिने बानी जस्तै परेको छ ! यस्ता राजनीतिज्ञहरु राजनीतिको मुद्दा आउने बित्तिकै दूलोबाट निस्किने, हैन भने सरकारलाई कमजोर बनाउनलाई एक्लो छोड्दिने, लुकेर सरकार बिरोधि आलोचना गर्ने , सरकार बिरोधी कुनै पनि तत्वहरुलाई उक्साउने र उनीहरुलाई समर्थन दिने घिनलाग्दो कार्य गर्छन ! देश मानब इतिहासको ठुलो सङ्कट सँग लडिरहेको बेला, राजनीतिको मुद्धा उठाउने सरकारको कुनै ब्यक्ति अथवा अहिले करोडौ जनताको एक मात्र रक्षक, नेपाल सरकारलाई सुनियोजित ढङ्गले कमजोर बनाएर अगाडी बढ्ने जस्तो राजनीतिक स्वार्थ बोकेर हिड्ने सबैलाई, नेपाली जनताले कुनै समर्थक र मीडियाबाट भन्दा पनि स्वबिबेकले बुझ्नु जरुरि छ ! सबै कार्यकर्ता जनता हुन् , तर सबै जनता कार्यकर्ता होइनन ! त्येसैले जनता भएर सोचे मात्र परिवर्तन आउला ! पुरात्वत्तिक सम्पदा देशको शोभा हुन , पुरात्वत्तिक राजनीति लोकतन्त्रको लागी घातक हो !

-Admin

 

Leave a Reply