कोरोना माहामारीबाट आफुलाई सुरक्षित राखी, हाम्रो समाज र विश्वलाई नै सामान्य स्थितिमा लैजान, यस बिरुद्धको खोप महत्वपुर्ण छ ! नेपालमा र विश्व भरी कर्म गरिराख्नु भएका सबै नेपाली बुवाआमा -दाजुभाई तथा दिदीबहिनीहरुलाई, कोरोना भाईरस बिरुद्धको खोप लगाउनका लागि हार्दिक अनुरोध गर्दछौँ ! विश्व नै अहिले कोभीड़ 19 भनिने, कोरोना भाइरसको माहामारीबाट गुज्रिरहेको छ ! यो माहामारीबाट आँफु , आफ्ना परिवार तथा प्रियजन , समाज, राष्ट्र र यो सिंगै विश्वलाई बचाउने एकमात्र उपाय भनेको कोभीड़ बिरुद्धको खोप नै हो ! सबैलाई अबगत नै छ , आजको दिनसम्म लगभग २२ करोड़ ब्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ , जसमा दुःखको साथ भन्नु पर्छ , ४५ लाख भन्दा माथिले आफ्नो ज्यान गुमाइसक्नु भएको छ ! त्यसैले कोरोना भ्रम नभई , यो विश्वले नै भोग्नु परेको कहाली लाग्दो माहामारी हो ! यस महामरीको कारण जिबनको क्षति मात्र नभइ – मानसिक स्वास्थ , व्यक्तिगत तथा पारिबारिक अवस्था र समाजिक साथै आर्थिक पक्षहरुमा पनि नकरात्मक असर परेको छ !

यस कोरोना माहामारिका कारन- हामी, हाम्रो समाज र पुरा विस्व नै लकडाउनको कारणले ठप्प भयो र २ बर्ष बितिसक्दा पनि धेरै ठाउँहरु अझै पनि बन्द छन् । के तपाईं हामी सबैलाई , आफ्ना साथीभाई अनि इस्टामित्र संग , भेटघाट गर्न अनि दुःख सुख आदान प्रदान गर्न मन छैन र ? के तपाईं हामी सबैलाई, आफ्नो परिवार अनि आफन्त सँग हरेक चाडपर्ब सँगै मनाउन मन छैन र ? पक्कै पनि छ !

आजको दिनसम्म विश्व जनसंख्याको बिभिन्न उमेर समुहका ४० प्रतिसत भन्दा बढि व्यक्तिले कम्तिमा १ डोज कोरोना विरुद्दको खोप लगाईसकेका छन्। दिनप्रतिदिन यो संख्या बढ्दो क्रममा छ। विशवका सबै देशहरुले आफ्नो देशवासिलाई पुर्णरुपमा खोप लगाउन तिव्र गतिमा कदम चालिराखेका छन् ! यस माहामारीबाट अग्रिम पंत्तिमा काम गर्ने हजारौं स्वास्थ कर्मचारीहरु, हजुरहरुको जिवन रक्षाका निम्ति आफ्नो स्वास्थको प्रभाह नगरि दिनरात खटिरहेका छन्। त्यसैले चाडो भन्दा चाडो कोरोना विरुद्दको खोप लगाऊँ। विश्व स्वास्थ्य सङ्गठन (WHO) को अनुसार पनि, यस कोरोना बिरुद्धको खोप एकदमै सुरक्षित रहेको मानिएको छ !

कोरोना बिरुद्दको खोप निसुल्क तथा सर्वशुलभ उपलब्ध हुने भएको हुँदा तपाईं बस्नु भएको ठाउको नजिकको कुनै पनि खोप बितरण केन्द्र बाट त्यहाँको नियम अनुसार सहजै प्राप्त गर्न सक्नु हुनेछ । यदी तपाईंको साथीभाईहरु, छरछिमेकिहरु, सहकर्मी तथा आफ्न्तहरुले पनि खोप लगाउनुभएको छैन भने उहाहरुलाई पनि खोप लगाउने प्रोत्साहन गरौ । यो कोरोना माहामारी बाट आफु बाँच्न र सबैलाई बचाउन हामी सबैले कोरोना विरुद्दको खोप लागाउन अत्यन्तै महत्वपुर्ण छ। कोरोना विरुद्दको खोप लगाऊँ,एउटा जिम्मेवार नागरिकको कर्तव्य पुरा गरौं।

Leave a Reply