सरकारको नीति तथा कार्यक्रम, तोकिएको समयावधि अनुसार, राम्रो सँग कार्वान्वयन भएको छ की छैन भनेर हेर्ने कार्यसमिति कहाँ सुतेको छ ? समग्र कर्मचारीको कार्यदक्ष्यताको (Employee Efficiency) कारणले ढिलाई भइरहेको त छैन ? अब त नेतालाई पनि प्रत्येक ५ बर्षमा मूल्याङ्कन गर्न पाईन्छ ! कर्मचारीको कार्यदक्ष्यताको मूल्याङ्कन खै ? कार्यक्रमले मागेको नतिजा दिन नसके पनि वा आवश्यक आधुनिकता अनुसार काम गर्न नजाने पनि, अधिकृत लगायतका कर्मचारीहरु त्यही कुर्ची बुढेसकालसम्म घुमाउन पाउने हो ? कति समयसम्म जाबो एउटा प्रिन्ट गर्न नजानेर, कार्यालय सहयोगी राख्नु हुन्छ ? लोक सेवा पास गरेकै भरमा, आधुनिक संसारको एउटा गरीब देशले खोजेको सेवक पाइने हो ? कर्मचारीको कार्यदक्ष्यता बढाउने तीर नीति तथा कार्यक्रम खै ? अनि यस्तो कर्मचारीतन्त्रले, कसरी सफल कार्वान्वयन हुन्छ सरकारको नीति तथा कार्यक्रम ? सरकारकै अंग र कर्मचारी, आफु निष्क्रिय रही , सरकारले नै काम गरेन भन्ने कर्मचारितन्त्र पाएको देश ! यसरी लेख्दै गर्दा, देशको लागि सच्चा भाबले, पुर्ण दक्ष्यताका साथ काम गर्नु हुने कर्मठ कर्मचारीहरु प्रति हार्दिक नमन !

सानो नीति तथा कार्यक्रम, तर ठुलो असर !

सरकारको यो भन्दा अगाडिको नीति तथा कार्यक्रममा रहेको, बीस प्रतिशत (20%) गरीबीको रेखा मुनि (Below Poverty Line) रहेका किसान तथा मजदुरको बिवरण सङ्कलन गरेर बैँक खाता खोल्न सकेको मात्रै भएपनि, यो महामारीसँग लड्न आधा सजिलो हुन्थ्यो ! राहतको नाममा राजनीति हुन्थेन, धेरै अनुहार हाँसेको देख्न पाइन्थ्यो ! त्यसैले त नेपाल सरकारको ८० करोडको राहत जनता पत्याउदैनन, १०-१२ बोरा चामल बाड़नेले सड़क तताउने हिम्मत राख्छन ! तर, सुचना प्रबिधिको आधुनिकतामा वास्तै नगरिएको नीति तथा कार्यक्रम,  जति पानाको भएनी सम्बृद्धिको गीत घन्किने मात्रै हो ! आम्दानी कसरी बढाउने भन्ने त ठोस कुरै गर्दैनन, खाली कसरी खर्च गर्ने मात्रै छ !  प्रतिपक्षी प्रश्न गर्छन, अझै खर्च पुगेन, यो खै त्यो पनि खै ?

समिति कति हो कति , हाम्रो यही कर्मचारीतन्त्रको ठुलो समुदाय

कति येस्ता कार्यक्रमको प्रगति बिवरण के छ, कसैलाई हेर्ने फुर्सद भएन ? हरेक कुराको लागि समिति मात्र बनेको छ , चियागफमा राजनीतिको कुरा गर्नलाई ! जब सरकार कमजोर बनाउनु छ , जब राजनीति गर्नु छ , अनि बल्ल यस्ता कुरा निस्किन्छन ! नेपाली किसान तथा मजदुर सँघहरू, पहिलाको कृषि सम्बन्धी नीति तथा कार्यक्रम आउने बित्तिकै, त्यसैमा लागिपरेको भए हुन्थेन? पार्टी पिछ्छे भएका मजदुर नेता, घरको बरण्डाबाट ट्वीटर र फेसबुकमा त्येहि मजदुरले दुख पाएको फोटो भिडिओ हालेर सरकारलाई गाली गर्दै छन ! येदि साँच्चै कृषिमा आधुनिकीकरण र मजदुरको जीवनस्तर उकास्ने लक्ष्य हो भने, याहाँ बाट सुरु गर्नुस !  हाम्रो ब्येबस्था शक्तिशालीलाई खुसी बनाएर, कमजोरको जीबनिस्तर उकास्ने कुरा गर्छ ! जुन असम्भव छ ! शक्तिशाली रिसाउलान भन्ने डरमा, मजदुरको अनुहारमा मुस्कान भर्न सकिन्न ! कृषिप्रधान देशमा ” किसानलाई चर्को ब्याजदरको ऋणको मर्का ” भन्ने समस्या हामीले बच्चैदेखि सुन्दै आएका छौं !

हामी सँग सरकारले चलाएको बैंक छन की, बैंकले चलाएको सरकार?”

 

-Shailesh Ghimire

Leave a Reply