लिपुलेख/कालापानी र अन्य सीमा समस्याले, हाम्रो देशको राजनीतिमा धेरै अगाडी देखि असर पर्दै आएको छ ! यो भुमिबिबाद ल्याएरै भएपनि राजनीति मोड्न खोज्ने ध्येयले, राष्ट्रबादी नारा घन्किने पुरानो परम्परा हो ! यो विवाद बाट अरु स्वार्थ पुरा गर्ने सोचले ,सबै ब्यक्तिगत वा आन्तरीक राजनीतिमा लागेका हुन्छन ! आन्तरिक राजनीति कमजोर हुने र संलग्न राष्ट्र भन्दा कमजोर न्येतृत्व हुने देशलाई, सजिलै झुकाउन सकिन्छ भन्ने भाबले, बलियो राष्ट्रले अन्तराष्ट्रीय कानुन भङ्ग गर्न खोज्छन ! त्यहाँ बाट सुरू हुन्छ अंतरास्ट्रीय राजनीति, जहाँ बलियो कुटनीति संयन्त्र (Strong Diplomacy) हुने रास्ट्र हाबी हुन्छ !

जम्मु -कश्मीर सीमाविवादमा पनि भारतको दबदबा नै छ ! जुन कुरा पाकिस्तानले बिरोध गर्दै आएको छ ! त्यसैले पाकिस्तान, चीनको कुटनीति संग अझ बढ़ी प्रभाबीत हुँदैछ ! कुटनीतिक तहमा हल्का विवाद भए पनि , भारत र चीनको ब्यापार सम्झौता राम्रै देखिन्छ ! येता , नेपाललाई आफ्नो पक्षमा राख्दै आएको भारत, इतिहासलाई निरन्तरता दीन भएपनि ,जुनै हद सम्म नजाला भन्न सकिन्न ! पछिल्लो समय जब लगातार दुई पटक प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार आयो, भारत झन कुटनीतिको हिसाबले बलियो हुँदै आएको छ ! कुटनीतिमा बलियो हुनुको प्रमुख हतियार, यी देशका गुप्तचर बिभाग पनि बलिया छन ! नेपालमा सीबीआई लाई गाँजा खेती पत्ता लाउने , गाउँमा तास खेल्न नदीने , एउटा नेताले अर्को नेताको सुराकी बनाउने, जस्ता काममै ब्येस्त बनाइँदै छ ! अन्तराष्ट्रीय नीति र परिधीको मूल्याङ्कन गरेर, बलियो अनुशंधान ब्युरो बनाउन नेपाल सरकारले ध्यान दिएन ! त्यसैले हामी अन्तराष्ट्रीय गुप्त सुचना अर्थात (Confidential Information) मा अतिनै कमजोर भइयो ! जस्ले गर्दा सिमारक्ष्या (Border Protection) कमजोर हुँदैछ ! रास्त्रपतिको नेतृत्वमा, नेपाली सेनाका सुचना प्रविधि तालिमप्राप्त विज्ञहरुको छुट्टै बलियो (Level 1 Confidentiality) अनुशन्धान ब्युरो, सिमासुरक्ष्या र अन्तरास्ट्रिय राजनीति हेर्न मात्र बनाउनु पर्ला !

प्रधानमन्त्री केपी ओलीलाई राजनीतिक संयन्त्र बलियो बनाएर हरेक समस्या सँग लड्ने राम्रो अबसर छ ! नक्सा बिवाद प्रस्ट रूपमा भारत सँगको खस्किँदै गएको सम्बन्धको खेल हो ! भारत, यो बिवाद नेपालले ल्याएको हो भन्ने तर्क दिन पछि पर्दैन ! भारतीय सेनाले, नेपाललाई उक्साउने अरुनै हुन सक्छन भन्दै , नेपालबाट यो सिमाविवाद सुरु भएको देखाउन खोज्दैछ ! कोरोना पछि कुरा गर्छु भन्नुको नी छुट्टै अर्थ हुन सक्छ ,किनकी नेपालको पहल कहिल्यै लामो समयसम्म हुन नसकेको इतिहास, भारत सँग छ ! कमजोरीमा आक्रमण गर्न भारतलाई कसैले सिकाउन पर्दैन ! त्यो  सड़क उधघाटन कोरोना पछि हुन सक्थेन होला ?

भारतले बाटो खनेको पनि थाहा नभएको आरोप लाग्ने डरले होला, नेपालको परराष्ट्र मंत्रालयले सुरुमा सरकारलाई थाहा थियो भन्नु पर्यो ! अनि त्यसपछी प्रधानमन्त्री ओलीलाई सबैतिर बाट उत्तर नभएको प्रश्न आएपछी, थाहा थिएन भन्नु पर्यो ! अहिलेसम्म यो कसैलाई थाहा नभएको हैन, बस भारतले बोल्न नदिएको हो ! भारतीय गुप्तचर बिभाग सङ्ग, नेपालका कुनकुन राजनीतिज्ञका कस्तो गुप्त सुचना छन ? त्येहि भरमा भारतले नेपालको राजनीति चलाउन सक्छ ! जबसम्म नेपालले कहीं नचुकेको राजनीति संयन्त्र बनाउन सक्दैन, भारतको दबदबा कम नहोला ! यो कुरा नेपालको मन्त्रीमण्डलमा भर पर्छ !

चीन,  नेपालको आन्तरीक राजनीति सँग नयाँ पात्र हो ! भारत सँग नेपालको इतिहाशको सुचना छ, त्येहि भएर होला चीन सरकार यो कुरामा बोल्न खोज्दैन ! येताफेरी, चीनलाई यो विवादमा धयानाकर्षण गराउन पर्छ भन्ने दबाब नेपाल सरकारलाई छ ! येस्को मतलब नेपालका प्रम केपी ओलीलाई चीन सँग नराम्रो बनाउने खेल पनि रचिएको हुन सक्छ !

यो विवाद अन्तराष्ट्रीकरण हुनु जरुरी छ ? अन्तराष्ट्रीय मिडिया नेपालको साथ दिन्छन ?

नेपालको रक्ष्या मन्त्रालय र परराष्ट्र मन्त्रालय सङ्ग, त्यो भुमी नेपालको हो भन्ने प्रसस्त प्रमाण छ भने र त्यो पछिल्लो नेपालसङ्ग भएको सन्धि सम्झौता प्रमाणपछि अरु कुनै राष्ट्रघाती सम्झौता भएको छैन भने, सायद अन्तराष्ट्रीय मिडिया नेपालको साथ दिन्छन ! कीन भने अन्तराष्ट्रीय मीडियामा प्रमाण बीना बोल्नु त्यो मीडियाको हार हुनेछ ! अन्तराष्ट्रीय मिडिया शुद्धः त नहोला, तर त्यहाँ सत्यको खोजबाट भारतलाई कमजोर बनाउन पनि कोही लागी परेको हुन्छ ! अन्तराष्ट्रीय मीडियाले चाहयो भने नेपालका भ्रष्टहरुको आंध्रा भुँडी निकाल्न सक्ला भन्ने डरले पनि यसलाई अन्तराष्ट्रीकरण गराउन खोजिएको छैन ! कुनै मन्त्रालयबाट प्रमाण लुकाइएको छ भने यो विवाद झन लंबिन्छ !

नेपाल पत्रकार महासंगले पनी अन्तराष्ट्रीय पत्रकारिता हेर्ने बलियो निकाय बनाउन पर्छ ! नेपाल सरकारले आर्थिक बर्षको बजेटमा सुचना प्रबिधि (Information Technology) मुल मुद्दा बनाएको कहिले देखिएन, केन्द्रीय अनुशन्धान ब्युरोको आधुनिकता छैन, अनि हेप्दैन छिमेकिले ? नेपालको ठुला मीडिया हरुलाई समाचार बनाउन प्रमाण चाहिँदैन, बस ठुला राजनीतिज्ञको एउटा कल काफी हुन्छ ! नेपालको प्रधानमन्त्री र मन्त्रीका प्रेस सल्लाहकारहरु कमजोर भएका त हैनन ? रास्ट्रिय मिडिया तथा सन्चार मिलाउन नसक्नु र अन्तरास्ट्रिय गुप्त सुचना (Confidential Information) थाहा पाउने प्रबिधि, बिस्वास र समन्वय नहुनु ! त्यसैले अन्तराष्ट्रीय मीडियामा हाम्रो सुचना त्यति गएको पाइन्न ! तर यो पाली कोरोना सङ्कटले गर्दा होला, बिस्व मिडिया बलियो छ र सुचना प्रबाह द्रुतगतिमा भईरहेको छ ! अन्तराष्ट्रीय मीडिया आफैले अरु देशहरुको समस्या पत्ता लाउदैं छ ! नेपाल सरकार परराष्ट्र मन्त्रालयको बिज्ञेप्ती यो पाली अन्तराष्ट्रीय मीडियामा आउदै छन ! भारतीय कुटनीतिज्ञहरु बोल्दै छन ! येस्को मतलब यो लिपुलेख सीमाविवाद अब अन्तराष्ट्रीकरण भएको अनुमान लाउन सकिन्छ ! नेपाल र अन्तरास्ट्रिय मीडिया राम्रोसँग लाग्ने हो भने ,   नेपाल सिमानामा बर्षौं देखी भईरहेका अरु सीमा अतीक्रमणका घटनाहरु पनि उजागर हुन सक्छन ! यो विवाद छिट्टै सकिएन भने , येस्लाई राजनीतिको मुद्धा बनाउन सबै संलग्न देश लागी पर्छन !

नेपाल सरकार कहाँ कमजोर हुन सक्छ –

संसार महामारीसंग लडिरहेको बेला , त्यो महामारी संग लड्नको लागी ठुला देशहरुको छुट्टै निकाय छ ! जसरी भारतीय सबै मन्त्रालयहरु आफ्नो काम गर्दै छन, हाम्रो मन्त्रालयहरुको भने समन्वय नै छैन ! कैले काहीं लाग्छ , पुरानो आन्तरिक रीसले गर्दा एक्लै एक्लै सरकार चलाउछन ! सरकार बलियो पाइयो तर, राष्ट्रीय एकता बिग्रिएर बल देखाउन सकेनन , त्यसैले कमजोर भइयो ! सानै देखि एकतामा बल हुन्छ भन्दै आइयो, जुन देशलाई चाहिँदा देखिएन !

आतंरिक मामला र अन्तराष्ट्रीय मामला जनताले बुझ्नु जरुरी छ ! देश को माया गर्दै गर्दा जानि नजानि राष्ट्रघाती भइएला ! भारतले आफ्नो मिलिटरी गुप्तचर पावर प्रयोग गरेर, कमजोर नेपाल सरकारलाई मनोबैज्ञानिक त्रास दिन कुनै कसर छोड्दैन ! सँसार सबै कोरोना सँग लडिरहेको बेला , भारत सीमानाको कुरा निकाल्ने अनि नेपालको राजनीति बिगार्ने ! अनि नेपालको राजनीति बिग्रिएपछि ,कोरोना ब्येबस्थापन कमजोर बनाइदिने ! यो घटनाको प्रतिफल , सुरुवाती सफल कदम चालेको नेपालमा कोरोना ब्येबस्थापन बिग्रिदैं छ ! अस्पतालका बिरामी , मेडिकल स्टाफहरु, पत्रकार र सुरक्ष्याकर्मी हरुमा कोरोना संक्रमण बढ्नु र जनता छाडा हुनु भनेको, नेपाल अब अर्को भयाबह चरणमा जान सक्ने सङ्केत हो ! भारतीय प्रधानमन्त्रिले कोरोना भाइरसले सुतेको अर्थतन्त्र उठाउन ‘आत्मनिर्भर भारत’ अभियान सुरु गर्नु र नेपालको निर्यात घट्न सुरु हुनु , ठोस आर्थिक नीति नभएको नेपाल अझै कमजोर हुने सङ्केत हो !

हाम्रो सरकारमै भएकाले सरकारलाई गाली गर्ने,ब्यक्तिबादी राजनीति खेल्दीने ! जनता रनभुल्ल छन ,सरकार चाहिँ को हो ? यो राजनितिक लापरबाही र कमजोर एकताले कोरोनाबाट मृत्यु संख्या बढ्दै गयो भने, नेपाल सरकार झन कमजोर हुन्छ ! अहिलेको स्वार्थी लोकप्रियता र राजनीति रुवाबासीमा परिणत नहोस ! अस्पतालका अगाडी छरिएको मृत्यु शैया देखन नपरोस ! देश को माया गर्दै गर्दा जानि नजानि राष्ट्रघाती भइएला !

-NepatantraShailesh

Leave a Reply