कोरोना माहामारीसँग लड्दै गर्दा नेपाल मात्रै होईन सारा विस्वले नै सरसफाईको नयाँ बाटो कोरेको छ ! मैले बुझेका ठुला देशहरुले सरसफाईलाई पनि देशविकासको महत्वपुर्ण हिस्सा मानेका छन र यसले धेरै रोजगारी सिर्जना भएको छ, साथै धेरै लगानी पनि भईरहेको छ ! नेपालमा ब्यक्तिगत तथा पारिवारिक सरसफाई देखि लिएर कमर्सियल सरसफाईको आवस्यकतालाई यसले अझै बढाएको छ, जस्ले गर्दा स्यानिटाइज़र तथा अन्य सामन हरुको उत्पादन, बितरण र खपत एकदम छिट्टो बढेको छ !

सरसफाईमा रासायनिक प्रयोगको नयाँ बाटो अन्दाधुन्द अपनाउँदा, त्यसले मानब स्वास्थ्यलाई पक्कै राम्रो गर्दैन ! के साँच्चै हाम्रो घरघरमा पुगेका स्यानिटाइज़र तथा अन्य सरसफाई सामग्री, गुणस्तर युक्त छन ? सामान उत्पादन गर्ने कम्पनी मान्यता प्राप्त छन ? नेपालमा पसलेले सामान बेच्दा जे पनि ओरिजिनल हो भन्ने चलन छ ! कुनै ज्ञान विना, यस्ता रासायनिक बस्तुहरु किन हरेक पसलमा बेच्न राखिन्छन? यस्ता सरसफाई सामग्रीको उत्पादन, बिक्री र बितरण सम्बन्धि नयाँ नीति नियम बन्नु जरुरी छ ! सरसफाई मन्त्रालय, प्रहरी निकाय र सम्पूर्ण स्थानीय निकाय मार्फ़त यस्ता नियमको कड़ाई गरेर, नयाँ सरसफाई निर्देशिकाका साथ, देश स्तरमा जनचेतना फैलाउनु जरुरी छ ! सुरक्षा निकाय तथा स्थानीय सरकारले यस्को कालो बजारी रोक्न सकेन भने, गलत रासायन प्रयोग गर्नु पर्ने बाध्यतामा जनता पर्छन !

Leave a Reply